मंसिर, १२ काठमाडौं । नेपालमा बितेका २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ६७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२३६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।
अहिलेसम्म नेपालमा १७ लाख १० हजार ४६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।







