मन्‍त्रिपरिषद्का निर्णय : भोली बाट नै पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर प्रणाली

असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने

२८ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गर्दै भोली बाट लागु हुने गरी पसल खुल्ने र निजी सवारी साधनलाई जोर-बिजोर प्रणाली मा चल्न दिने भएको छ ।

एक मन्त्रीका अनुसार जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए । सिनेमा हल, विद्यालय लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

 बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णयपनी गरेको छ  ।