मंसिर १३, काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । उनको ट्वीटमा गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको बताइएको छ ।
तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । उनले आफू होम आइसोलेसनमा रहेको जानकारी दिँदै थप लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’







