मंसिर १४, काठमाडौं ।
नेपालको एकदिने औपचारिक भ्रमणका लागि आउन लागेका चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षमन्त्री वेइ फेङ्हेलाई उप–प्रधानमन्त्रीसरह सुरक्षा दिइने भएको छ ।
आईतबार बिहान २० सदस्यीय प्रतिनिधी मण्डलसहित काठमाडौं आइपुगेका फेङ्हेको सुरक्षार्थ राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए ।
‘सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरेका छौँ,’ एसएसपी सिंहले भने ।
भारतका विदेशसचिव हर्षबर्धन शृङ्गला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण भइरहेको छ ।
गृहमन्त्रालयले फेङ्हेलाई उप–प्रधानमन्त्री स्तरको सुरक्षा दिइरहेको छ । गृह मन्त्रालयको संयोजनमा चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीयय सुरक्षा व्यवस्था मिलाइने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।







