मंसिर, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
त्यस्तै हाल नेपालमा १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ६ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।







