ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

‘रिपोर्ट पूर्वाग्रह र भ्रामक’

मंसिर, १४ काठमाडौं । केहि दिन अघि ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा संस्थागत रुपमा भ्रष्ट्राचार मौलाएको तथ्यांक सार्वजनिक गरेसँगै नेपाल सरकारले उक्त विषयलाई असहमति जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले ट्रान्सपेरेन्सी इन्टरनेशनलको प्रतिवेदनप्रति असहमती रहेको बताएका हुन् ।

प्रवक्ता गुरुङले उक्त प्रतिवेदनप्रति असहमती र अस्वीकार्य रहेको बताएका हुन् । प्रवक्ता गुरुङले उक्त रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने स्पष्ट पारेका हुन् ।

“ट्रान्सपेरेन्सी इन्टरनेशनलको सन् २०१८ को प्रसेप्सन इन्डेक्सको प्रतिवेदनमा नेपाल १२४ औँ स्थानमा थियो तर एक वर्षको अवधिमा सन् २०१९ को तथ्यांकमा नपुग्दै नेपाललाई ११ औँ स्थानमा उकाल्दै ११३ औँ स्थानमा देखाएको छ । यो तथ्यले पनि टान्सपरेन्सी इन्टरनेसनलको हालैको प्रतिवेदन सरकारप्रति पूर्वाग्रही छ ।” उनले निर्णय सार्वजनिक गर्दै भनेका छन् ।

त्यस्तै भ्रष्ट्राचार नियन्त्रण र अन्त्यका लागि सरकारले ऐन, नियम र कानुन संशोधनका लागि प्रश्ताव तयार गरेको बताएका छन् ।