२९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, बिहीवार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
पोजिटिभ देखिएको मध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । संक्रमितमध्ये ३ हजार ७ सय ३८ जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ८६१ निको भइसकेका छ्न् ।
हाल सम्म कोरोना सन्क्रमणबाट १५ जनाको मृत्यु भएको छ ।







