मंसिर १७, काठमाडौं ।
मंसिर लागेपछि बैंक ऋणले रफ्तार समातेको छ । एक सातामै २७ वाणिज्य बैंकले १६ अर्ब रुपैयाँले ऋण बढाएका छन् ।
राष्ट्र बैंकका अनुसार, मंसिर ५ गते ३० खर्ब ५० अर्ब रहेको बैंक ऋण १२ गतेसम्म ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक मसान्तमा ऋण ३० खर्ब ५० अर्ब पुगेको थियो ।
निक्षेपमा पनि उच्च सुधार देखिएको छ । एक सातामै निक्षेप १९ अर्ब रुपैयाँले बढेको छ । निक्षेप ३६ खर्ब ५६ अर्ब रुपैयाँबाट बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो । त्यसअघिको साता निक्षेप ३६ खर्ब ४८ अर्ब रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षयता कुल निक्षेप १ खर्ब ८८ अर्ब रुपैयाँले बढिसकेको छ । ऋण लगानी एक खर्ब ६३ अर्ब रुपैयाँले बढेको छ ।







