पूर्व राजा त्रिभुवनकी छोरीको ९५ वर्षको उमेरमा निधन

२९ जेठ, काठमाडौं । पूर्व राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ।

स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। उनकी भतिजी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो।

पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भए पस्चत उनी भारतमै बस्दै आएकी थिएन्।

उनका दुई छोरा र तीन छोरी छन्।