एमसिसी हिन्द-प्रशान्त रणनीति अन्तर्गतकै सहायता हो : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

राष्ट्रिय धारणाको लागि अपील

२९ जेठ, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे राष्ट्रिय धारणाको लागि अपील गरेका छन्। योहो टेलिभिजनमा जिबराम भण्डारीलाई “सत्य सम्बाद ” नामक कार्यक्रममा दिएको अन्तरवार्तामा नेता श्रेष्ठले एमसीसी इन्डोप्यासिफिककै अङ्ग भएको, यसमा अमेरिकाको सुरक्षा चासो समेत जोडिएको कुरामा आफू स्पष्ट रहेको बताएका छन्।

मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्नेबारे चौतर्फी विवाद निम्त्याएको यो सम्झौता अहिलेकै हालतमा जस्ताको त्यस्तै पारित गर्नुपर्ने अडान एकपक्षले राखेको छ भने अर्को पक्षले संशोधन गरेर मात्रै पारित हुनुपर्ने अडान लिएको छ।

एमसिसीका केही प्रावधानले नेपालको कानुनको अवमूल्यन हुन जाने र अमेरिकाको वर्तमान र भविष्यमा बन्नसक्ने कानुनसमेत मान्नुपर्ने जस्ता कुरा सच्चीनु पर्ने उनले ब्यक्त गरेका छ्न्। यो एमसिसी सहायता हिन्द-प्रशान्त रणनीति अन्तर्गतकै सहायता हो, यो कुरामा पनि सबै जना स्पष्ट हुन जरुरी भएको बताउँछन् नेता श्रेष्ठ ।

नेता श्रेष्ठको उक्त अन्तरवार्ताले विभिन्न प्रतिक्रिया पाइरहेको छ। अन्तरवार्तामा श्रेष्ठले नेपाल-भारतका बीच उत्पन्न सीमा समस्याबारे समेत आफ्नो धारणा राखेका छन् ।