तीनवर्षे प्रेमलाई विवाहको रुप दिँदै प्रसाईं र सिंह

मंसिर १८, काठमाडौं ।
प्रखर वक्ता तथा गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहले छिट्टै आफ्नो तीन वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न गइरहेको बताएका छन् ।

प्रसाईं र कालीकोटकी सिंहले मंसिर २२ गते सोमबारका दिन विवाह गर्न लागेको जानकारी दिएका छन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

अब्बल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा लागेकी छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशबीच ३ बर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।

नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।