थप ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, शुक्रबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ४४८ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

पोजिटिभ देखिएको मध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । संक्रमितमध्ये ४ हजार १ सय ७० जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ८७७ निको भइसकेका छ्न् ।

हालसम्म कोरोना सन्क्रमणबाट १६ जनाको मृत्यु भएको छ ।