मंसिर २०, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्न लागेको हो ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक शनिबारका लागि तय भएको थियो । पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो ।
आजको बैठकमा पनि ओली उपस्थित हुने नहुनेबार निश्चित नभएको उनको सचिवालयले जनाएको छ । ‘प्रचण्ड कमरेडले बैठक बोलाउनु भएको हो, प्रधानमन्त्री उपस्थित हुनुहुन्छ कि के गर्नुहुन्छ भन्न सकिएन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो ।







