बढुवा सिफारिशमा परेका पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी

मंसिर २३, काठमाडौं ।
सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा गरेको बढुवा सिफारिसविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा सिफारिसमा गरेको थियो । सरोकार राख्ने नागरिक समाजका एक अगुवाले पोखरेलविरुद्ध उजुरी हालेका हुन् ।

उनीभन्दा सिनियर (आईजीपीका ब्याजी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आईजीपीका ब्याजीहरु डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि समितिमा बोलाउने तयारी भएको छ ।

नेपाल प्रहरी गृह मन्त्रालय मातहत पर्छ । पोखरेललाई छलफलको लागि सोमबार नै बोलाउने तयारी रहेको भए तापनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सम्पर्क हुन नसकेकाले मंगलबार बोलाइँदैछ । आज नै पोखरेल राज्य व्यवस्था तथा सुशासन समिमिा उपस्थित हुने सम्भावना छ ।