बालुवाटारमा नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता

मंसिर, २४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमनत्री केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्षद्वयको टकरावका कारण पार्टी विवाद उत्कर्षमा पुगेको बेला बालुवाटारमा उनीहरुबीच पौने १ घण्टा भेटघाट भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको भेटघाटमा अध्यक्षद्वयबीच पार्टी विवाद समाधान तथा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।