मंसिर, २४ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा थप १०५६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४८३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।







