कोरोना : विश्वमा हालसम्म छ करोड ९२ लाख चार हजार बढी संक्रमित, १५ लाख ७४ हजार बढीको मृत्यु

मंसिर, २४ काठमाडौं । पछिललो विवरण अनुसार विश्वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन् ।

१२ हजार १३३ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।