‘विप्लव’ प्रति प्रहरी आक्रामक, जवाफ उही रुपमा !

मंसिर, २५ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लप’ प्रति प्रहरी आक्रामक देखिएको छ । मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका–१ को बर्खेका शिक्षकको हत्यापछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रति सरकारी सुरक्षा संयन्त्र थप आक्रामक कदम चाल्ने तयारीमा रहेको बुझिएको छ ।

एक प्रहरी अधिकारीका बताउछन्– हामि थप सुरक्षाबल परिचालन गर्दै उक्त समूहलाई त्यस्तै जवाफ दिन्छौं । उनी भन्छन्– जनताका सुरक्षामाथि प्रश्न उठेको छ प्रहरीले अब हिंसालाई त्यही अनुसार उत्तर दिन्छ ।

उक्त घटना पछि प्रहरीले मोरङसहितका चा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले विप्लव समूहका कार्यकर्तालाई खोजी गरिरहेको बताएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अरु जिल्लाका प्रहरीलाई पनि सतर्क राखिएको छ ।

बुधबारदेखि केन्द्रीय सुरक्षा समिति पनि थप सक्रिय भएको छ । उक्त समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् । समितिले विप्लव समूहका गतिविधिलाई समीक्षा गरेको छ । पछिल्लो पटक व्यक्ति हत्यातिर उन्मुख भएको निष्कर्ष निकालेको छ । गृह स्रोतका अनुसार समितिले आवश्यकता महसुस ग-यो भने थप ‘एक्सन’ चाल्न सक्ने बताएको छ ।

केही दिन अगाडि मात्रै गृहमन्त्री थापाले विप्लव समूह भूमिगत भएको, आतङ्क मच्चाएको र जनताको अधिकारलाई अवरोध गरेको बताएका थिए ।