३१ जेठ, काठमाडौं । नेपालको परिवर्तित निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा राख्ने प्रस्ताव समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ।
मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए र विपक्षमा शून्य मत परेको छ। दुई तिहाईका लागि १८४ मत आवश्यक पर्छ। सभामुखले मतदान गर्न नपाउने, १२ सांसद अनुपस्थित र ४ जना निलम्बनमा रहेका कारण १७ मत भने खस्न पाएन।
त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेेताहरुले भाग लिएका थिए ।







