दुवाकोटमा महिलाको शव भेटियो

मंसिर २६, भक्तपुर ।
जिल्लाको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिलाको शव भेटिएको छ ।

काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए ।