कोरोना : नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४७ हजार ५९३ पुग्यो, २ लाख ३४ हजार २३१ जना निको

मंसिर, २७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ३५९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख २५ हजार ८६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।