संवैधानिक परिषद्को बैठक मङ्सिर ३० गते बस्ने

मंसिर, २८ काठमाडौं । गणपुरक संख्या नपुगेपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक मङ्सिर ३० गते मंगलवार बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा आफू बैठकमा उपस्थित नहुने बताएसँगै बैठक स्थगित भएको थियो ।

बैठकमा ५ जना अनिवार्य उपस्थित हुनुपर्नेमा कोरम नपुगेसँगै बैठक स्थगित गर्नुपरेको थियो ।