प्रवक्तालाई अनावश्यक रुपमा मुछेर कुप्रचार भएको छ : प्रचण्ड

मंसिर, २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पसष्पकमल दहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको चरित्र हत्या हुने गरि भएका प्रचारको निन्दा गरेका छन् ।

आजको स्थायी कमिटीको बैठकमा प्रचण्डको संवोधन लाई उदृत गर्दै प्रवत्ता श्रेष्ठले भनेका छन्, ‘अध्यक्ष प्रचण्डले कमान सिंह लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावर सम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गर्नुभएको छ।’

श्रेष्ठले थपे, “बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सम्बन्धित व्यक्ति र हाइड्रोलाई समेतसँगै राखेर कुरा गरेको र प्रवक्ताले दुवै पक्षलाई आफ्नै साथीहरु भएकाले भ्रममा नपर्न भनेकोले अनावश्यक प्रचार नगर्न पनि अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो ।”