३२ जेठ, काठमाडौं । नेपाल सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको हो ।
यसअघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो।
नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा कार्गो जहाजले भने विशेष अनुमति लिएर उडान भर्न पाउनेछन्।







