३२ जेठ, काठमाडौं । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको प्रधानसंपादक हरी बहादुर थापा, सम्पादक बिकास थापा र अन्तराष्टिय ब्यूरो प्रमुख चन्द्रशेखर अधिकारीले राजिनामा दिएका छन् । तीनै जनाले समाजिक सन्जाल मार्फत उक्त कुरा आज सार्बजनिक गरेका हुन् ।
हरी बहादुर थापा बिगत २२ महिना देखी अन्नपूर्ण पोस्ट दैनिकमा आबद्द थिए भने सम्पादक बिकास थापा आठ वर्ष उक्त दैनिकमा कार्यरत थिए । अन्तराष्टिय ब्यूरो प्रमुख चन्द्रशेखर अधिकारी २ बर्ष देखी अन्नपूर्ण पोस्ट दैनिकमा थिए ।
सबै जनाले व्यवस्थापन, सहकर्मीहरु, लेखक, पाठक तथा शुभेच्छुकहरुप्रति आभार प्रकट गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन्।
अन्नपूर्ण व्यवस्थापनले त्यहीं कार्यरत पत्रकार अखण्ड भण्डारीलाई आजै सम्पादकमा नियुक्ती दिएको छ ।







