पुष १, चितवन । मंगलबार राति सम्पन्न मत गणना अनुसार रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी विजयी भएका छन् । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा नेकपा प्यानलका गिरी ६०४ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली काङ्ग्रेस निकटका उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गरे ।
संघको वरिष्ठ उपाध्यक्षमा विजयी हुने अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने संघको विधानमा उल्लेख छ ।
वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठ ५३७ मत प्राप्त गरि विजयी भए भने नेपाली काँग्रेस निकटका कविन घिमिरेले ३७७ मत तथा स्वतन्त्र उम्मेदवार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए ।







