पुस ,०२ अर्घाखाँची ।अर्घाखाँची जिल्ला को पुरानो विद्यालय हरिहर संस्कृत साधारण तथा प्राविधिक विद्यालयमा लामो समय देखि विद्यालय व्यवस्थापन समिति गठनमा अन्यौलता देखिएको छ । गत कार्तिक महिनामा व्यवस्थापन समितिको म्याद सकिए पनि एक बर्ष बित्दा पनि समिति गठन हुन नसकेको हो ।
नाम सुन्दा जिल्ला को नमूना विद्यालय को छनोट मा परेको यस विद्यालय यसरी समिति विहिन हुनु मा एक जना को मात्र दोष देखिँदैन। किन कि नेपाली कांग्रेस ले आफ्नो मान्छे हुन पर्छ भन्ने र ने क पा ले आफ्नो मान्छे हुन पर्छ भन्ने अनि एकछिन बैठक बसेर कुरा मिलेन भनेर उठेको देखिन्छ ।
पटक पटक समिति गठनको कुरा उठेपनि मूर्त रुप दिन नसक्दा यसको असर विद्यालय सञ्चालनमा देखिएको विद्यालय का प्रधानध्यापक विष्णु पोखरेल ले बताए ।
आजसम्म सहमतिको आधारमा समिति गठन हुँदै आएपनि अहिले आएर सहमति हुन नसकेको अभिभावक बताउँछन् । गाउँको विद्यालय भएको कारण सबैको सहमतीमा समिति गठन होस भन्ने चाहना अभिभावकको छ ।
तर, विद्यालय राजनीति दाउपेजको शिकार बन्दा अभिभावकको चाहना पूरा हुन सकेको छैन् । ५ सय विद्यार्थीले अध्ययन गर्दै आएका हरिहर १९९४ मा स्थापना भएको विद्यालय हो । इतिहासमा सधै सबैको सहमति र सहकार्यबाट समिति गठन हुँदै आएपनि योपालि अनावश्यक राजनीति घुसाउने काम भएको अभिभावक बताउँछन् ।
शिक्षा शाखाका प्राविधिक सहायक पोख्रेलले विद्यालयका प्रअ र केही शिक्षकलाई भेटेर हामी मात्रै बसेर समिति गठन गरौं भन्ने प्रस्ताव गरेको गाउँलेको आरोप छ ।बर्षौ पुरानो र इतिहास बोकेको विद्यालयमा चुनाव नगराई सहमतीमा समिति गठन गर्नुपर्नेमा धेरैजसो अभिभावकको चाहना छ ।तर, विद्यालयमा नेकपा र कांग्रेसको जुवाँको लडाईका कारण समिति गठनमा अन्यौलता बढेको छ ।







