दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको तयारी

पुस ,०३ दाङ । कोरोना महामारी कारण लामो समयदेखि स्थगित भएको खेल क्षेत्र फेरी चलायमान हुन थालेको छ । जिल्लामा विगतमा भन्दा पछिल्नो समय कोरोना संक्रमितको संख्यामा कमी आएसंग खेलकुदका कार्यक्रमहरु विस्तारै चलायमान हुन थालेका छन् । खेल क्षेत्रलाई चलाएमान बनाउन र खेल क्षेत्रको विकासका लागी दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

यही पौष ११ गतेदेखी दाङको देउखुरी अन्तर्राष्ट्रिय स्टेडियम खेल मैदानमा हुने भएको छ । प्रतियोगिताको तयारीलाई तिव्र समेत पारिएको छ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको व्यवस्थापनको जिम्मा दाङ क्रिकेट संघले लिएको संघका अध्यक्ष प्रदिप मज्गैँया बताए । जिल्लास्तर तथा राष्ट्रिय स्तरमा आयोजना हुने खेलले पनि खेलाडिमा उत्साह थपेको भन्दै प्रतियोगिताको तयारीका लागी अहिले जिल्लास्तरको फुटवल प्रतियोगिता पनि भैराखेका छन् ।

सोहि प्रयोगितामा सहभागिताका लागी दाङको महिला क्रिकेट टिम पनि घोषणा भएको छ । अहिले ति महिला खेलाडिहरुलाई आवश्यकता पर्ने खेल सामग्री सहित बन्द प्रशिक्षण भईरहेको क्रिकेट प्रशिक्षक सञ्जु क्षेत्रीले जानकारी दिए ।