अब कित्ता क्लियर गर्नुस् आउनुहोस् प्रधानमन्त्री ज्यु – बादल थापा

पुस ,०४ काठमाडौ ।सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेपनि उनले अपेक्षित नतिजा हात पार्न असफल भएका छन् । छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका ओलीलाई प्रचण्डले पुरानै जवाफ दिए ।

प्रधानमन्त्री ओली ११ बजेर केही मिनेटमा खुमलटार पुगेका थिए भने त्यसको १५ मिनेटपछि उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । तीन नेतावीच करिब एक घण्टा कुराकानी भयो ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई नजिक ल्याउने प्रयासस्वरुप ‘म तपाईकै निवास खुमलटार आउँछु’ भनेका थिए । त्यही वाचा अनुसार शनिबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओली प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

ओलीले खुमलटार छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए तर ओलीको आग्रह प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् । छलफलमा उपस्थित गौतम भने ओलीले गरेको आग्रहप्रति मौन रहेका स्रोतले बताएको छ ।