गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित संख्या २२३ पुग्यो: गोरखामा १० जना थपिए

२ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

यो सँगै प्रदेशमा जम्मा सन्क्रमित सन्ख्या २२३ पुगेको छ ।

संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु क्वारेन्टिनमा छन् । अब सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले जानकारी दिए ।