नेकपा स्थायी कमिटी बैठक आगामी पुस ५ गते बस्ने

पुस ,०४ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी को स्थायी कमिटी बैठक आगामी पुस ५ गते बस्ने निर्णय भएको छ ।

करिब ६ महिनापछि केहि लामो समय लिएर अध्यक्षद्वय (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) बीच ‘वान टु वान’ वार्तापछि घनिभूत छलफलमा जुटेको नेकपाको स्थायी कमिटी बैठक आगामी पुस ५ गते आइतवार बस्ने निर्णय भएको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगामी पुस ५ गते अर्को स्थायी कमिटी बैठक बस्नेछ । र, पुस ५ मा बस्ने तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्नेछ ।