प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आकस्मिक बैठक बोलायो

पुष, ५ काठमाडौं । प्रधानमन्त्री ओलीले संसद विगठनको प्रस्ताव गरेपछि नेपालकै राजनीतिमा हलचल मच्चिएको छ ।

आज विहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले संसद विगठनको प्रसतव गरेको थियो ।

उक्त प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको उनको भनाइ छ ।