प्रचण्डसहित शिर्ष नेताहरुको बैठक सकियो, यस्तो भयो निर्णय

पुष, ५ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसहित शिर्ष नेताहरुको बैठक सकिएको छ ।

बैठमा सरकारले गरेको संसद विगठनको प्रस्तावको र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रस्तावविरुद्ध राजनीतिक र संवैधानिक कदम चाल्ने निर्णय भएको झलनाथ खनालले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, खनालसहितका नेताहरु सहभागी थिए ।