पुष, ५ काठमाडौं । पधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसद विघटन अघिनै दर्ता भएको खुलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको हो ।
९० जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बिहान साढे १० बजे नै संसद् सचिवालयमा दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । जनार्दन शर्माको नेतृत्वमा पुगेको टोलीले अविश्वासको प्रस्ताव बिहानै दर्ता गरेको बुझिएको छ ।







