पुष, ६ काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरपछि राजनीतिक अवस्थाबारे छलफलका लागि सर्वदलिय बैठक बोलाएको हो ।
कांग्रेंसले सानेपामा बैठक बोलाइएको नेता बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ ।







