२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच गोली हानाहानमा ३ जना भारतीय सैनिक मारिएको छ ।
भारतीय सेनाका प्रवक्ताले भारतीय भूमिमा भारतीय सेनाका एक अधिकारी र दुई जवान चिनिया सेना द्वारा मारिएको दाबी गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान का अनुसार भारतीय सेनाले दुईपटक सीमा पार गरेकोले उक्त झडप भएको बताएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको हो।







