प्रधानमन्त्री ओलीको दाबी : अदालतले संसद विघटन उल्टाउन सक्दैन

‘६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन गरेको हो’

पुष, ६ काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट निवर्तमान सांसदहरुको भेलामा अदालतले संसद विघटन उल्टाउन नसक्ने दावी गरेका छन् ।

संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद विगठन गरेको हो भन्दै उनले भने– ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिस गरेको हो । अदालतले उल्ट्याउन सक्दैन ।