पुस ,६ बुटवल ।कुनै पनि अभिभावकका लागि संसारमा सबैभन्दा प्रिय केही छ भने त्यो सन्तान हो । त्यसैले त सन्तानको सुखका लागि हरेक अभिभावक हरदिन, हरपल संघर्षरत, प्रयत्नरत र सोचमग्न हुन्छन् । सामाजिक सुरक्षाअन्तर्गत पर्ने स्वास्थ्य र शिक्षा नेपालमा धेरै महँगो छ । तर, यसका लागि पहिल्यैबाट योजना बनाउन सकिन्छ । त्यस्तो योजनामा साथ दिन बालबालिकाको खासगरी उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बिमा कम्पनीहरूले विभिन्न बिमा योजना सञ्चालनमा ल्याएका हुन्छन ।
यस्तै तिलोत्तमा ३ निवासी व्यापारी प्रेम प्रसाद डुम्रेले भने आफ्नो छोरी प्रमिसा डुम्रेकाे जन्मदिनको अवसरमा १० लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।
सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गतकाे याेजना हाे । बुबा प्रेम डुम्रे भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहारमा जोड दिए अब्बल हुन्छ “।
बीमाले जीवनमा आइपर्ने विभिन्न जोखिमहरुलाई व्यवस्थापन गर्नका लागि मद्दत गर्दछ । जीवनको मुख्य शत्रु भनेकै यसमा आइपर्ने अनिश्चितताहरु हुन् र तिनै अनिश्चितताहरुको सामना गर्नका लागि बीमाले सहयोग गर्दछ ।जीवन बीमा योजनाहरू, अवधि बीमा, स्वास्थ्य बीमा वा सवारी बीमाको महत्त्वका बारेमा सबैले बुझ्नुपर्दछ। मानिसहरू जहिले पनि पछाडिको दृश्यहरुमा ध्यान नदिई उनीहरूले बीमाका लागि तिर्नुपर्ने रकममा मात्र जोड दिन्छन् । त्योभन्दा, आफ्नो र आफ्ना बालबालिकाको जीवनलाई बीमाले सुरक्षित गर्नुहोस् र यसका लाभहरुलाई महसुस गर्न बिमा कम्पनी हरू सुझाव दिन्छन् ।






