२ असार, काठमाडौं ।चिनिया र भारतीय सेनाको झडपमा २० भारतीय सैनिक मारिएको छ ।
यसअघि जम्मा ३ भारतीय सैनिक मारिएको भारतीय सञ्चारमाध्यमहरुमा बताइएको थियो । त्यस्तै उत्तिकै सन्ख्यामा चिनिया सैनिकहरु पनि मारिएको दाबी भारतिय पक्षले गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार भारतीय सेनाले दुईपटक सीमा पार गरेकोले उक्त झडप भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखाको झडपमा भारतीय सेनाको ज्यान गएको हो।
लद्दाखका सीमा क्षेत्रमा भारत र चीनबीच पछिल्लो केहि समयदेखि सीमा विवाद चल्दै आएको छ।







