कोरोनामा ‘डेक्सामेथासोन’ प्रयोग बारेमा विश्व स्वास्थ्य संगठनले गर्‍यो स्वागत

लामो समय देखी मानब एबम पशु चिकित्सा बिज्ञानमा प्रयोग भइरहेको

३ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले बेलायती स्वास्थ्य विज्ञहरुले कोरोनाबाट अति सिकिस्त बिरामीहरुमा ‘डेक्सामेथासोन’ को प्रयोग बारेको प्रारम्भिक अध्ययनको स्वागत गरेको छ ।

डेक्सामेथासोनको ‘लो-डोज’ कोरोना भाइरस विरुद्ध प्रभावकारी हुने दाबी अध्ययनले गरेको छ। लामो समय देखी मानब एबम पशु चिकित्सा बिज्ञानमा प्रयोग भइरहेको ‘डेक्सामेथासोन’ले कोरोना बाट सिकिस्त बिरामीहरुमा मृत्युदर घटाउन भूमिका खेल्ने निर्कौयोल प्राराम्भिक अध्ययनले गरेको छ ।

यद्धपी यो औषधीले कोरोना लागेको समान्य बिरामीलाई कुनै फाइदा भने गरेको छैन । यो औषधि अन्य अवस्थामा पनि मानब एबम पशुहरुमा सुन्निएको वा जलन कम गर्न प्रयोग गर्ने गरिएको छ। यो नयाँ औषधी नभएर यसको प्रयोग मात्र नयाँ ढङ्गले गरिएको हो ।

उक्त अध्ययनमा बेलायत सरकार, अक्सफोर्ड युनिभर्सिटी लगायत सम्लग्न छन् । यो औषधिले कोरोना भाइरस बाट संक्रमित भइ भेन्टिलेटरमा रहेका एक तिहाई बिरामीलाई मात्र मृत्युबाट बचाउन सक्ने अध्ययनको दाबी छ। त्यस्तै, कोरोना संक्रमित भइ श्वासप्रश्वासमा समस्या आइ अक्सिजनको सहायता लिइरहेका २० प्रतिशत बिरामीलाई मात्र मृत्युबाट बचाउन सक्ने अनुमान गरिएको छ।

अनुसन्धानकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रेका अनुसार यसको फाइदा स्पष्ट छ। बिरामीलाई १० दिनसम्म डेक्सामिथासोन दिएर उपचार गरिएको थियो र यसको खर्च प्रतिबिरामी ५ पाउण्ड रहेको छ। यसको अर्थ एउटा बिरामीको जीवन बचाउन ३५ पाउण्ड लाग्यो। ‘डेक्सामिथासोन’ले कोरोना भाइरसको सामान्य लक्षण देखिएका बिरामीमा भने प्रभाव नगर्ने उनले बताए ।