अर्घाखाँचीको क्‍वारेन्टाईनमा एक पुरुषद्वारा आत्महत्या

३ असार, काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको एउटा क्‍वारेन्टाईनमा ४४ वर्षीय देवबहादुर विकले आत्महत्या गरेका हुन् । बुधबार बिहान झुण्डिएर मृत अवस्थामा उनी भेटिएका छन्।

ती व्यक्ति गत महिना भारतबाट आएका हुन्। उनले क्‍वारेन्टाईन नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको हो ।

उनको स्वाब पीसीआर परीक्षणका लागि भैरहवास्थित ल्यावमा पठाइएको छ ।