३ असार, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाह नियुक्त भएकी छिन् । यो सँगै डा. सिंह आईओएमको इतिहासमा पहिलो महिला डिन भएकी छिन् । उनी आईओएमको वरिष्ठतामा १७ औ नम्वरमा थिईन ।
आज नै डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठीत डा. सुवासराज आचार्य र डा. जीवन शेरचन सदस्य रहेको कमिटिले डा. प्रदीप वैध, डा. दिव्या सिंह शाह र डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनमा सिफारिस गरेको थियो ।
जेठ २२ गते प्रा.डा.जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि डीन पद रिक्त थियो।
डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख पनी हुन् ।







