पुस ,१२ काठमाडौ ।गायक विशाल निरौला र रचना रिमालको ‘माया लाउन मसँग’ बोलको नयाँ गीत रिलिज भएको छ ।
गीतमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले मोडलिङ गरेको छ । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ ।
त्यस्तै यो गीत रचना, स्मारिका र सामारिकाको समेत पहिलो सहकार्य हो । गीतमा केशव बैरागी माइलाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ ।







