कांग्रेसले आज देशव्यपी प्रदर्शन गर्ने, को काहाँ सम्बोधन गर्देछन् ?

काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन

पुष, १३ काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै छ ।

हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाइएको छ ।
काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।