किन आउँछ यौनसम्पर्क समयमा यौनिबाट यस्तो आवज ?

पुस,१६ काठमाडौ ।यसो विचार गर्दा तपाईं १६ वर्षकै उमेरमै विवाहित हुनुहुन्छ जस्तो लाग्दैन । तपाईंले के–कस्ता व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको छ, केही लेख्नुभएको छैन । यो पक्कै हो कि किशोरावस्थामा यौनचाहना तीव्र हुन्छ, तैपनि यो उमेरमा यौनसम्पर्क गर्ने क्रममा धेरै कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

त्यसमा पनि विवाहपूर्व यौनसम्पर्क राख्नुको आफ्नै किसिमको प्रभाव हुन्छ । अहिलेको आधुनिक समाजमा विवाहको उमेर पछिल्तिर धकेलिएको छ, तर यौन चाहना किशोरावस्थादेखि नै तीव्र हुन्छ ।

किशोरावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा किशोर–किशोरीले जानकारी राख्नु आवश्यक छ । यस्तो यौन व्यवहार सामाजिक रूपमा अमान्य भएका कारणले सामाजिक बहिष्कार तथा हेंलाको सामना गर्नुपर्ने हुन सक्छ । यस किसिमको यौनसम्पर्क प्राय: जसो हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहन सक्ने सम्भावना हुन्छ । यदि गर्भ रहिहाले बेइज्जति सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आदि हुनसक्छ । त्यसबाट गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको सामनासमेत गर्नुपर्ने हुन्छ ।

अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्या छ । त्यसकारण यस्ता यौनसम्पर्कबाट जोगिनु आवश्यक छ ।

जति सानो उमेरमा यौन सम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौनसाथी हुने सम्भावना हुन्छ, जसले जोखिम बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ । त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय दुवै जना मिलेर गर्नु उपयुक्त हो । यस्ता निर्णय वा भनौं अठोट पालना गर्न नसक्दा समस्यामा परिन्छ । किशोर–किशोरीहरूलाई वैकल्पिक यौन आनन्दका उपाय वा सुरक्षाका उपायहरूको पनि राम्रो जानकारी हुनुपर्छ ।

योनिबाट आएको आवाज

कतिपय व्यक्तिले यौनसम्पर्कका बेला योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिँदैन । यो विशेषत: यौनसम्पर्कका बेला योनिमा लिङ्ग प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ । प्रवेश गर्ने बेला लिङ्गले योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि हावा बाहिर निस्कन खोज्छ ।

त्यस्तो हावा लिङ्गको वरिपरिबाट बाहिर आउँछ । यही क्रममा आवाज आउँछ ।

आवाजको कुरा गर्दा यो एक किसिमले ‘अपान वायु’ अर्थात् पाद आएको बेलाजस्तै हुन सक्छ, तर सामान्यत: यो गन्हाउँदैन । योनि एक नली आकारको अङ्ग भए पनि योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएकाले यसमा हावा हुँदैन, तर कतिपय अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईलें याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला भयो भने हावा भित्र जाने सम्भावना हुन्छ । तपाईंलाई थाहै हुनुपर्छ, यौन उत्तेजनाका बेला योनिद्वार खुला हुन्छ ।