दिनानाथ शर्मा
संसदीय दलको नेता, राष्ट्रिय सभा
सम्माननीय अध्यक्ष ज्यु, सातौं अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सातौं अधिवेशनको लागि सरकारले तोकेको छ । म सरकारलाई धन्यवाद दिन्छु र सम्मानीय राष्ट्रपति ज्यु ले यो अधिवेशनलाई अगाडि बढाउने अनुमति दिनुभएको छ उहाँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु । सातौं अधिवेशन अहिले प्रतिनिधि सभा नभएको सन्दर्भमा यसको महत्व र गरिमा अत्यन्तै उचा छ । यस अवसरमा म लोकतान्त्रिक आन्दोलनका सम्पुर्ण ज्ञातअज्ञात सहदिहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । र आजको यो सातौं अधिवेशनमा उपस्थित सम्पुर्ण माननीय सदस्य ज्युहरुलाई हार्दिक स्वागत अविभादन गर्न चाहन्छु ।
र त्यसमा पनि विशेषगरी राष्ट्रिय सभाले राष्ट्रिय सभाको गरिमालाइै उचा गर्ने प्रकारका प्रतिनिधि यसपटक प्राप्त गरेको छ । राष्ट्रपति ज्यु बाट हाम्रो पार्टीका हाम्रो दलका उपाध्यक्ष वामदेव गौत्तम ज्यु राष्ट्रिय सभामा सदस्य भएर आउनुभएको छ यसले यो सभाको गरिमालाई उचा राख्नको लागि महत्त्वपुर्ण योगदान दिनेछ यो विश्वासका साथ म उहाँलाई हार्दिक स्वागत अविभादन गर्न चाहन्छु ।
माननीय सदस्य ज्युहरु, राष्ट्रिय सभा अहिले राष्ट्रको एउटा विशिष्ट राजनैतिक अवस्थामा सञ्चालन हुन गइराखेकोा छ । हाम्रो पार्टी विभाजित भएको छ । विभाजनको संघारमा छ । यद्धपि औपचारिक रुपमा विभाजनको घोषणा नभएपनि विभाजनको संघारमा छ । अर्कोतिर प्रतनिधि सभा छैन् । प्रतिनिधि सभाको विघटन भएको छ। पार्टी विभाजन भएको र प्रतिनिधि सभा विघटन भएको राष्ट्रिय राजनीतिको यस घडीमा हामी राष्ट्रिय सभामा उपस्थित भएका छौं ।
सर्वप्रथम त मेरो राजनीतिक इतिहासको ५५÷५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा खेरि म सबैभन्दा बढी खुसी थिएँ सायद हामी सबै खुसी थियौं । नेपाली जनता खुसी थिए । खुसी नहुने कोही पनि थिएन कोही थिए होला त्यो अलग्गै विषय हो । नेपाली जनता खुसी भएका कारणले नै त्यो खुसी निर्वाचनमा अभिव्यक्त भएको थियो । त्यो जनमत हामीले प्राप्त गरेका थियौं ।
पार्टी विभाजनको यो संघरमा आउँदा मैले मेरो मुटु चिरिएको मुटु फुटेको अनुभव गरेको छु सायद यति ठूलो पीडा हुँदैनथ्यो होला , इतिहासमा हामी धेरै पटक जुट्यौं पनि फुट्यौं पनि । विगतका फुटहरुमा यतिको दुख मैले अनुभुति गरेको थिइन् । तर, अहिले यसले मलाई धेरै पीडा भएको छ र मैले माननीय सदस्यहरुको अनुहार हेरेको छु र मुटु छामेको छु यहाँ उपस्थित सम्पुर्ण माननीय सदस्यहरु, सम्पुर्ण पार्टीका नेता कार्यक्रताहरु कसैको पनि पार्टी विभाजन हुनु राम्रो हो सही हो भन्नुभा छैन् । सबैका अनुहार उदासिन छन, मलिन छन् । मैले मलिन मनोविज्ञानलाई पढिराखेका छु ।
तरपनि इतिहासको यो क्षणमा हामी विभाजित हुन गइराखेका छौं । अझैपनि हामी एक ठाउँमा एक ठाउँमा हुन सक्ने त्यस्ता केही संभावनाहरु छन्, त्यस्ता किसिमका केही समिकरणहरु छन् त्यस्त प्रकारका केही रसायनहरुरु छन भने त्यो रसायनहरुबाट जोड्नका लागि हामी सबैको प्रयत्न हुनेछ । हामी सबै त्यो दिशामा प्रयासरत रहौं म यो कुरा भन्न चाहन्छु ।
आज राष्ट्रिय सभामा पहिलो पटक उपस्थ्ति माननीय बामदेव गौत्तम जीले यो पार्टीको विभानजलाई मन पराउनुभएको छैन त्यसो भएर उहाँले रसायनको काम गर्छु भन्नुभाछ । म उहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु । उहाँको प्रयत्न उहाँको प्रयास सफल रहोस् उहाँको अभियान त्यो दिशामा सफल रहोस् । त्यस्तो कुनै रसायन छ, त्यस्तो कुनै विधि छ भने उहाँले प्रयत्न गर्नुहुनेछ ।
र म यो पार्टी विभाजनको बारेमा अलिकति के भन्न चाहन्छु –यो पार्टी विभाजन कुनै सिद्धान्तको आधारमा कुनै बिचारको आधारमा कुनै दर्शनको आधारमा विभाजन हुन गइराखेको छैन् । केवल राजनीतिक काराणल मात्रै यो पार्टी विभाजन हुन गइरहेको छ जुन कुरा दुखद हो । हिजो हामी विभाजन हुँदा बिचारको कारणले दर्शनका काराणले विभाजित भएका थियौं ।, जनयुद्धमा जाने कि नजाने त्यसकारणले विभाजन, अगाडि कसरी अगाडि बढ्न सक्छौं भन्न केही कार्यनितिगतक रणनीतिक सैद्धान्तिक बैचारिक आधारहरु थिए त्यसकारण विभाजित भएका थियौं । यसपटकको विभाजन त्यो आधारमा होइन राजनीतिक कारणले भएको छ। राजनीति राष्ट्रको हितको लागि हुन्छ, देशको लागि हुन्छ भने देशको अनुहार फेरिन्छ । राजनीति स्वार्थको लागि हुन्छ भने त्यसले देशलाई बर्बाद गर्छ । त्यसकारणले हाम्रो राजनीतिक लोकतन्त्रको रक्षा गर्नको लागि, लोकतन्त्रको विकास गर्नको लागि केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
इतिहासको बिभिन्न कालखण्डमा राजनीति राष्ट्र निर्माणको लागि लोकतन्त्र राष्ट्र निमाणको लागि, प्रजातन्त्र राष्ट्र निर्माणको लागि भन्दा पनि पार्टी भित्र दल भित्र भएका कचिंगलहरु, दल भित्र भएका खिचातानीहरुका कारणले गर्दा लोकतन्त्र कमजोर भयो ।
मैले भन्ने गरेको छु, जुन देशमा लोकतान्त्रिक पार्टी बलियो सुदृढ हुन्छन त्यो देशमा लोकतन्त्रको संस्थागत विकास भएको छ । लोकतन्त्र देश र जनताको लागि अनुवाद भएको छ । त्यो दिशामा गएको छ । जुन ठाउँमा दलहरु कमजोर हुन्छन दलहरु विभाजित हुन्छन्, विखण्डित हुन्छन त्यो ठाउँमा लोकतन्त्र कमजोर भएको छ ।
कहिलेकाही प्रतिपक्षका नेपाली कांग्रेसका साथीहरुसंग गफ गर्दा तपाईंहरुको भित्र अन्तरविरोध छ, त्यसकारणले पार्टी विभाजन हुने दिशातिर, पार्टीलाई कमजोर बनाउने दिशातिर नजानुहोस् भनेर उपदेश दिन्थेँ । तर, आज हामी नै यो स्थितिमा पुगेका छौं जुन सुखद छैन् । सायद नेपाली जनताले, सायद कसैले पनि, सायद कांग्रेसले पनि यो सत्तारुढ दल विभाजत भयोस भनेर त्यसरी सोचेको थिएन, तपाईंहरु नफुट्नुस् है, बलियो हुनस् है, तपाईंहरुको एकता नटुटोस् है, एकता टुट्यो भने यो सिस्टममा गडबडी हुन सक्छ, हाम्रो प्रणालीमम गडबडी हुन सक्छ । हाम्रो अधिकारमा केही प्रश्नहरु उठ्न सक्छन भन्ने कुरा प्रतिपक्षका साथीहले हामीलाई बेलाबखत सचेत गराउने गर्नुभा थ्यो । मैले यो दुखद कुरा आज पहिलो बैठकमा यहाँ पेश गर्दा, प्रस्तुत गर्दा मलाई धेरै दुख लागेको छ । तर, पनि भन्नुपर्ने यो जनताको आवाज हो । कार्यक्रताको आवाज हो । त्यसैकारणले मैले यो कुराहरु यहाँहरुसमक्ष राख्ने धृष्ठता गरेँ अन्यथा यसलाई नलिइदिनुहोला ।
पार्टीको आन्तरिक अन्रविरोधका कारणले जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुको संस्था प्रतिनिधि सभा सहिद हुन पुग्यो । दलभित्रको अन्तरविरोध गएर जनप्रतिनिधि संस्थामा असर पर्नु त्यो त्यति सुखद अनुभुति भएको छैन् । प्रतिनिधि सभा विघटन किन विघटन हुन पर्यो ? उचित छ कि छैन ? त्यो छलफलको बहसको विषय बनिराखेको छ । तर, पनि यो अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन । हामी प्रतिनिधि सभा बिहिन सत्तारुढ दल जो संग बहुमत छ । प्रतिपक्षको अर्घेल्याईंका कारणले, प्रतिपक्षले समस्या उत्पन्न गरेर यो विघटन हुन परेको स्थिति पनि होइन् । हाम्रै आफ्नै आन्तरिक कारणले हामै किचलोका कारणले जनविर्नचित संस्था विघटन गर्नुपर्ने जुन स्थिति भयो यो सुखद विषय हैन् । यो दुखको विषय हो । यो दुखको कुरा सातौं अधिवेशनमा गर्न पर्दा झन धेरै ठूलो दुख लागिरोखेको छ । यो यथार्थ हो । जनताको सामू छ । यथार्थ कुरालाई यहाँ राख्नुपर्छ ।
माननीय सदस्यहरु, यी राष्ट्रिय राजनीतिका बाछिटाहरु राष्ट्रिय सभामा अव्यश्य पनि पर्छ । हामीले बिचार अभिव्यक्ति राख्ने सन्दर्भमा । राष्ट्रिय सभाको अढाई तीन वर्षको इतिहास छ, यसले गौरवपुर्ण इसतिहास कायम गदै आएको छ । यो सम्मयमित छ, मर्यादित छ । यसले आफ्ना विषयवस्तुहरु, जनताका सरोकारका विषयहरु जनसरोकारका विषयहरु जनचासोका विषयहरु, राजनीतिक परिदृष्यमा देखा परेका घटनाहरुको बारेमा हामी भोलिका दिनहरुमा आफ्ना बिचारहरु यहाँ राख्छौं । हामी पेश हुन्छौं, प्रस्तुत हुन्छौं ।
यद्धपि, मैले यो जे भनेँ सबैको मनमा मिठो लागेको छैन् । राम्रो लागेको छैन् । तर, पनि हामी विभाजित छौं । हाम्रा मनहरु बाडिँएका छन् । हाम्रा सोचहरु बाडिँएका छन् । हामी विभाजित भइसकेका छौं । विभाजित मानसिकताबाट उत्पन्न हुने हाम्रा बिचारहरु, आक्रोश होइन हामी संयमित रुपले सिस्ट रुपले भद्र रुपले आफ्ना अभिव्यक्तिहरु राख्नेछौं र राष्टिय सभाको गरिमा र गैरवलाई अगाडि बढाउने छौं ।
दोस्रो कुरा– राष्ट्रिय सभाकै बारेमा धेरै प्रश्नहरु उठ्ने गरेको छ । यो राष्ट्रिय सभाले के काम गर्छ ?
प्रतिनिधि सभा नभएको सन्र्दभमा राष्ट्रिय सभाले सरकारलाई सघाउने काम गर्छ । आवश्यक निति निर्माण गरेरु सरकारलाई सघाउने काम गर्छ । सरकारलाई खबरदारी गर्ने काम पनि गर्छ । सरकारका कामकारबाहीको निगरानी गर्ने काम प गर्छ । हिजो त्यहि गर्दै आएको थियो अहिले पनि ति कामहरु गर्छ । राष्ट्रिय सभाबाट हामीले सरकारलाई सघाउने पनि, सरकारलाई खबरदारी गर्ने पनि, सरकारको निगरानी गर्ने पनि र जनसरोकारका विषयहरु, जनचासोका विषयहरु प्रकट गर्ने र प्रस्तुत थलो यहि मात्र बनेको छ । प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभा नै यो सभा हो जसले आफ्ना बिचार पेश गर्ने पस्तुत गर्ने, जनप्रतिनिधिहरुले जनताको आवाज उठाउने । यो थलो हो ति आवाजलाई पनि संयमित र मर्यादित ढंगले यहाँ उठाउने छौं र राष्ट्रिय सभाको महत्व र गरिमालाई अझ अगाडि बढाउने छौं ।
सम्माननीय राष्ट्रिय सभाको अध्यक्ष ज्यु, जसरी हिजोका दिनहरुमा सत्तापक्षको सहयोग र समर्थन र संयोजनकारी भमिका निर्वाह गर्नुभएको छ । हामी त्यस अनुसार अगाडि बढ्नेछौं र कर्मचारी साथीहरुको त्यहि रुपमा यो सभालाई सफल पार्नको लागि सहयोग र मद्धत हुनेछ ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा नेता शर्माले राखेको बिचार







