पहिलो ओभरमै सन्दीपले लिए विकेट

पुस,१८ काठमाडौं ।अष्ट्रेलियामा जारी १०औँ सिजनको बिग बास लिग बीबीएलमा मेलबर्न स्टार्सविरुद्ध सन्दीप लामिछानेले विकेट लिएका छन्।

होबार्ट हरिकेन्सबाट बीबीएल खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा विकेट लिएका हुन्। उनले हिल्टन कार्टराइटलाई बोल्ड गरे।

होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई एक सय ६५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो।

उसका लागि डेविड मलानले शानदार ब्याटिङ गरे। उनले ५६ बल चौका र तीन छक्कासहित ७५ रन बनाए।