७ वर्षपछि मात्रै अंगिकृत नागरिकता: नेकपा सचिवालयको निर्णय

६ असार, काठमाडौं । बिहान देखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक सकिएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता प्रदान गर्ने कुरामा नेकपा पुगेको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यस्ता बुहारीले ७ बर्षसम्म नेपालमै बसेको र बिदेशी नगरिकता त्यागेको वा त्याग गर्ने प्रकृया चलाएको प्रमाण पेश गरेको हुनुपर्नेछ ।

अहिले नागरिकता बिधयक सम्सदमा बिचारधिन छ ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), स्थायी समिति बैठक लगाएतका विषयहरुमा केहीपनी निस्कर्श निक्लन सकेन ।

नेकपा भित्र एमसीसी पारित गर्न नहुने बहुमत छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो । यद्यपि एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री दृढ रहेको देखिन्छ ।