पुष, २१ काठमाडौं । कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका तर्फबाट गोली चलाइएका छन् ।
भारतीय सुरक्षाकर्मीले चलाएको भनिएको गोली लागेर १ जना स्थानीय घाइते भएका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले सीमा क्षेत्रमा गोली चलेको खबर आएकाले प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
महाकाली पारिको दोधाराचाँदनी नगरपालिकाको क्षेत्रमा एसएसबीले गोली चलाएको स्थानीयले बताएका छन् ।







