मन्त्रालयले भन्यो : मर्निङवाक नजानुहोस्, घरबाहिर निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर गएर शारीरिक व्यायाम तथा मर्निङवाक नगर्न आग्रह गरेको छ ।

मौसममा परिवर्तनसँगै अत्यधिक वायुप्रदुषणले जनस्वास्थ्यमा असर पर्ने भन्दै मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन समेत अनुराध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा मर्निङवाकमा नजान र घरबाहिर निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।